सशस्त्र प्रहरी निरीक्षकबाट नायव उपरीक्षकमा बढुवा ८४ जनालाई दर्ज्यानी चिन्ह (सूचिसहित)

काठमाडौं, १९ भदौ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव उपरीक्षकमा बढुवा हुनुभएका अधिकृतहरुलाई प्रधान कार्यालयमा आयोजित समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को भाद्र १३ गतेको निर्णयले सशस्त्र प्रहरी निरीक्षकहरु गणेशदत्त पाण्डेसहित सशस्त्र प्रहरी नायव उपरीक्षकमा ८४ जना बढुवा हुनुभएको हो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासलाई ध्यान राख्दै संगठनले कदम चालिरहेको बताउनुहुँदै पदोन्नतीसँगै थप भएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र लगनशिल भई त्रुटिरहित ढंगबाट सम्पादन गर्न निर्देशन दिनुभयो ।
उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको गरिमा र छविलाई उच्च बनाई राख्न निःस्वार्थ भावनाका साथ अघि बढ्नुपर्ने बताउनुहुँदै कार्यक्षेत्रमा आईपर्ने जस्तोसुकै कठिन परिस्थिती र चुनौतीहरुको समाना गर्न संगठनका राष्ट्रसेवकहरु एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।
यसअघि भाद्र १७ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को भाद्र १२ गतेको निर्णयले ५६ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा हुनुभएको हो । 64e49e21a19cf