छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ : सभापति थापा

काठमाडौँ, कार्तिक २९ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता तथा सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा दिने उल्लेख गर्नुभएको छ ।

उहाँले छठ पर्वले समाजमा आपसी सद्भाव, एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गर्दै पर्वले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य ल्याओस् भन्ने कामना गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *