दैलेखमा चट्याङले एक जनाको मृत्यु, ९ जना घाइते

दैलेख, २ असाेज । दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर महाबु गाउँपालिका-३ बस्ने १६ वर्षीय किशोर दाहालको सोमबार साँझ मृत्यु भएको हो।

सोही गाउँपालिका-३ एक्लेसल्लोस्थित महादेव मन्दिरमा तीजको नाच हेरी फर्कने क्रममा दाहाल चट्याङ लागेर गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपकसिंह विष्टले जानकारी दिए।

उनका अनुसार सोही ठाउँका दाहालसहित १० जना चट्याङ लागेर घाइते भएका थिए भने तीमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *