येँया पुन्हिको अवसरमा जिब्रो छेडेपछि पशुपतिनाथ मन्दिरको परिक्रमा गर्दै (तस्बिरहरु)
काठमाडौं, १३ असोज । येँया पुन्हि (इन्द्रजात्रा)को दिन मध्यपुर थिमि-५ चोडे टोलका बालराम श्रेष्ठले जिब्रो छेडाएका छन् ।
शुक्रबार मध्यपुर थिमि दिगु भैरव मन्दिर परिसरमा उहाँले जिब्रो छेडाएर विश्व सम्पदा सूचिमा रहेको श्री पशुपतिनाथ मन्दिरको परिक्रमा गर्नुभएकाे हाे ।
श्रेष्ठले १७ वटा दीप बलेको बाँसबाट निर्मित चन्द्राकारको भ्य काधमा बोकेर मध्यपुर थिमिको दिगुटोल, सिद्बिकाली, सानोठिमी, पेप्सीकोला, गुहेश्वरीहुदै पशुपति परिक्रमा गरी पुनः थिमि पुग्नुभएकाे हाे । तस्बिर : रत्न श्रेष्ठ/रासस




