भ्वाइस अफ वागीश्वरी सिजन ३ काे तेस्रो चरणको प्रतियोगिता सम्पन्न
भक्तपुर, १८ असोज । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजन ३ अन्तर्गत तेस्रो चरणको प्रतियोगिता सम्पन्न भएकाे छ ।
कार्यक्रमका संयोजक नविन्द्रलाल कर्माचार्यका अनुसार तेस्रो चरणमा विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत जम्मा १० विद्यार्थीहरूले गायन प्रस्तुति दिएका थिए।
तेस्रो चरण अन्तर्गतको यस जजेज राउण्डमा विद्यार्थीहरुले निर्णायक मण्डलले रोजेका गीतहरू म्युजिक ट्रयाकमा गाएका थिए । सो चरणमा निर्णायक मण्डलमा काठमाडौं विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगित संयोजन कर्ता गनुराज राई र गायिका सरिता प्रजापति रहनु भएको थियो।
कार्यक्रममा साउण्ड पार्टनरका रूपमा भक्तपुर साउण्ड एण्ड लाइट्स, अडियो मास्टरिङ पार्टनरको रूपमा अक्टेभ म्युजिक स्टुडियो, अनलाइन मिडिया पार्टनर एबिसिडी खबर तथा ज्ञानखबर, टेलिभिजन पार्टनर भादगाउँ टि.भी. र ब्युटि पार्टनरका रूपमा सर्मीज ब्यूटि जोन रहेका छन्।
कार्यक्रममा आइकन म्युजिक एकेडेमी, संगीत ग्राम गुरुकुल नेपाल , क्वालिटी डिजिटल स्टुडियो र अक्टेभ म्युजिक स्टुडियो ले आंशिक रूपमा पुरस्कारको प्रायोजन गरेको छ।