भूकम्पपछि जाजरकोटमा एक महिला घाइते, सडक अवरुद्ध

जाजरकोट, २० कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि गएको भूकम्पका कारण भेरी नगरपालिका–१ रावत गाउँमा एक जना घाइते भएको प्रहरीले जनाएकाे छ ।

सोमबार गएको भुकम्पमा भेरी कोरिडोर सडक अवरुद्ध भएको छ भने भेरी नगरपालिका–१, रिम्नामा सडक भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएकाे छ ।

प्रहरीको सञ्चार शाखाका अनुसार एक महिला भूकम्प आएको समयमा घरको दोस्रो तलाबाट हाम फाल्दा घाइते भएको सञ्चार शाखाले जनाएकाे छ ।

रामिडाँडा केन्द्रबिन्दु भएर फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएकाे छ ।