कञ्चनपुरको लालझाडीमा श्रीमान्–श्रीमती मृत फेला

कञ्चनपुर, २६ कात्तिक । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् ।

बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उहाँकी पत्नी २५ वर्षीया पुष्पा राना आज घरभित्रै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिनुभयो ।

“घट्नाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ” उहाँले भन्नुभयो– श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *