प्रसाईँ जस्ता ‘फन्टुस’हरुको भरिएको बेलुनमा युवा संघले ७ गते पीन घुसारेर हावा खुस्काइदिन्छः महेश बस्नेत (अन्तर्वार्ता)

तपाईँहरुले मंसिर ७ गते युवा–विद्यार्थी विशेष कार्यक्रम गर्दै हुनुहुन्छ । माइतीघर मण्डलामा गर्ने भनिएको कार्यक्रम एकै समयमा दुई फरक कार्यक्रम गर्ने भनेपछि अहिले प्रशासनले निषेधाज्ञा जारी गरेको छ र तपाईंहरु कार्यक्रम तीनकुनेमा गर्ने तयारीमा हुनुहुन्छ । खास कार्यक्रमको उदेश्य के–हो ?

जनतामा अहिले जनजिविकाका मुद्धाहरु, जनतामा परेका शोषण, दमन र उत्पिडनमा मुद्धाहरु, सरकारले गरेका ज्यादतिहरु, समाजका सामान्तवादी नोकरशाहीहरुका विरुद्धमा नेपालका राजनीतिक दल र त्यसका भ्रातृ संगठनहरु बोलेनन् र त्यस्ता तत्वकाविरुद्धमा केही गतिविधि पनि गरेनन् भन्ने मनोविज्ञान पैदा भएको छ । जसका कारणले कहिले बालेन साह जस्ता, कहिले रवि लामिछाने जस्ता, हर्क जस्ता व्यक्तिहरुले जनताको मनोविज्ञानमा खेल्दै अघि पबढ्ने प्रयासहरु गरे ।

त्यति मात्रै होइन विस्तारै दुर्गा प्रसाईँ जस्ता अपराधिक मनोवृत्तिका व्यक्तिहरु समेत ती जनताको मनोविज्ञानमा खेलेर ‘तिमीहरुका मुक्तिदाता हामी हौं’ भनेर भ्रम पैदा गर्ने हर्कतहरु हुन थाले ।
यस्तो अवस्थामा नेकपा (एमाले) जस्तो जिम्मेवारी पार्टी र त्यसका भ्रातृ संगठनले यो विषयमा पनि ध्यान केन्द्रित गर्नुपर्छ भनेर हामीले अहिले पहिलो चरणमा युवाहरु त्यस्ता प्रवृत्तिका विरुद्धमा बोल्छन्, खवरदारी गर्छन् र प्रतिकार पनि गर्छन् भन्ने सन्देश दिन युवा–विद्यार्थी विशेष कार्यक्रमको आयोजना गरेका हौँ । मंसिर ७ गतेको सभा जनताका मुद्धा, जनताका समस्या र जनताका समान विषयवस्तु राजनीतिक दलहरुकै मातहतमा हुनुपर्छ भन्ने सन्देश दिने प्रस्थानविन्दु पनि हो ।

तपाईँहरुले गर्ने भनेको विशेष कार्यक्रमस्थलमै अर्को समुहले पनि कार्यक्रम गर्ने भनेपछि तपाईहरुले त्यो कार्यक्रम तीनकुने सार्नुभएको छ । तयारी कत्तिको गर्नुभएको छ ?

पहिलो कुरा त हामीसँग भिड्ने भनेर दुर्गा प्रसाईँको आडमा स्याल हुँइयाँ गर्ने काम भएको छ । त्यो हल्ला मात्रै हो । हामीसँग भिड्ने उसँग कुनै तागत, क्षमता, हैसियत छँदैछैन ।

सुरुमा धेरै मानिसलाई दुर्गा प्रसाईं एक्लैको पछि युवा संघ किन पछि लाग्यो ? भन्ने भ्रम थियो । जब कार्यक्रम नजिक आउँदै गयो । धेरैको त्यो भ्रम चिरिदैँ गयो । उसका पछि सिङ्गो व्यवस्था नै परिवर्तन गरेर संसारभरी विलय भएको राजतन्त्र ल्याउन सकिन्छ भन्ने एउटा तत्व हात धोएर लागेको रहेछ भन्ने प्रमाणित पछिल्ला गतिविधिले आफैँ पुष्टि गर्दै गएका छन् ।

त्योसँगै आफू लोकप्रिय बन्ने नाममा केही परिचालित वा नियन्त्रित बुद्धिजिवीहरु जो सामराज्यवादीहरुको गुलाम बनेर नेपाललाई समाप्त पार्ने खेलमा लागिरहेका छन् । त्यो समुहले पनि अहिले विभिन्न नाममा नेपालमा अशान्ति मच्याउने हर्कत गरिरहेको छ ।

त्यसैगरी सामाजिक सञ्जालका अराजकतावादी अझ भनौं उग्रवादीहरुले पनि दुर्गा प्रसाईँलाई उचालेको देखिन्छ । यि सारा व्यक्तिहरु लाग्दालाग्दै पनि युवा संघ र अनेरास्ववियुले गर्ने युवा–विद्यार्थी विशेष कार्यक्रमलाई टक्कर दिन सक्छन् भन्ने मलाई लाग्दैन ।

हाम्रो उदेश्य भनेको सामाजिक न्यायका मुद्धा र जनताका मुद्धाहरुलाई राजनीतिक दलहरुमार्फत प्रकट गराउने र सरकारले गरेका गल्ति कमजोरीलई सच्याउन बाध्य बनाउने त्यो गर्दा पनि सरकार सच्चिएन भने सरकार नै फेर्नेसम्मका आन्दोलन अघि बढाउनुपर्छ भनेर यो आन्दोलनको सुरुवात गरेको हो ।

यहि सन्र्दभमा हामीले माइतीघर मण्डला गर्न लागेको आन्दोलनलाई निषेधाज्ञा गरेर अन्य ठाउँमा कार्यक्रम गर्न सरकारले गरेको आग्रहलाई लत्याएर त्यहि गर्नेसम्मको तिक्तता सररकारसँग नरहेकाले हामीले तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेका हौँ । त्यहाँ हाम्रो कार्यक्रम भव्य हुन्छ । १५ हजार बढी युवा त्यहाँ रातो टोपी लगाएर स्वयंसेवकका रुपमा खटाउँछौँ ।

हाम्रो आन्दोलनमा नेकपा (एमाले)का २३ वटै जनसंगठनका नेता–कार्यकर्ता सहभागी हुनुहुनेछ । ७२ वटै सम्पर्कमञ्चका साथीहरु हामीसँग रहनु हुनेछ । पेशाकर्मी, महिला, बुद्धिजिवी, मजदुर, प्रहरी संगठन सबै सहभागी हुनेछन् । सेयर बजार, सहभागीलगायतका क्षेत्रका पीडितहरु पनि हामीसँग रहनु हुनेछ । महंगी, भ्रष्टाचारले पिल्सिएका जनता पनि त्यो दिन हामीसँग रहनेछन् ।

अहिले केही अपराधिक प्रवृत्तिका मान्छेहरुले हामी यति र उति लाख मान्छे ल्याउँछौँ भनेर हो–हल्ला गरेका छन् । ती सबै बकम्फुसे कुरा हुन् । हामी टाउको गनेर ५० हजार मान्छे तीनकुनेमा उतार्ने छौँ । मंसिर ७ गते तीनकुने र वरीपरीका क्षेत्र मानवभीडले भरिने छन् ।

तपाईँहरुले दुर्गा प्रसाईँ व्यक्ति होइन प्रवृत्तिका विरुद्धको लडाईँ भन्नु भएको छ । तर, तपाईँहरुलाई एमाले र त्यसमा पनि युवा संघको सारा शक्ति दुर्गा प्रसाईँका विरुद्धमा खनियो भन्ने आरोप लाग्ने गरेको छ । खास के–हो ?

लम्पट सर्वहारा जो शोषण, दमन उत्पिडनमा परेर वा राज्यका नीतिका कारणले गरीब भएको भन्दा पनि जाँडरक्सी खाएर, गाँजा धतुरो खाएर, अनुशासनहिन जीवनशैली विताएर भएको सम्पत्ति जुवातास खेलेर सकेका लम्पटहरु हरेक राजनीतिक परिवर्तनमा सलबलाउने गर्छन् । अहिले त्यहि प्रवृत्ति राजवादी बनेर आउने हर्कत गरिरहेको छ । त्योसँगै सामाजिक सञ्जालमा अराजकता फैलाउनेहरु हाम्रो जस्तो सामाजिक सञ्जाललाई नियमन गर्न नसकेको देशको फाइदा उठाउँदै हिँड्नेहरुले पनि यो लम्पट प्रवृत्तिलाई साथ दिएका छन् ।

लम्पट सर्वहारा जो शोषण, दमन उत्पिडनमा परेर वा राज्यका नीतिका कारणले गरीब भएको भन्दा पनि जाँडरक्सी खाएर, गाँजा धतुरो खाएर, अनुशासनहिन जीवनशैली विताएर भएको सम्पत्ति जुवातास खेलेर सकेका लम्पटहरु हरेक राजनीतिक परिवर्तनमा सलबलाउने गर्छन्

नयाँ–नयाँ युटुवेहरु र त्यसैमा अन्तर्वार्ता दिएर रमाउने २०–५० जनाको लम्पटहरुको समुले अहिले यहि बाहनामा देशमा अशान्ति मच्याउने हर्कत गरिरहेका छन् । त्योसँगै आफूलाई राजाको आसेपासे, धुपौरे, हुक्केका नाममा सरकारी सम्पत्ति खाएर कब्जा गरेर बसेकाहरु जस्तोकुसै अवस्थामा पनि राजा फर्काउने भन्दै नाचिरहेको छ । त्यो समूहले पनि उसलाई हात थापेको छ । यसकारण पनि अराजक र अपराधिक मनोवृत्तिका व्यक्तिहरुको उक्साहटमा दुर्गा प्रसाईँ उफ्रिरहेका छन् भन्ने प्रमाणित हुन्छ ।
तर, यिनीहरु भित्रै पनि होडवाजी चलिरहेको छ ।

अहिले त प्रसाईँले नेपाललाई नेपाल राख्ने कि भारतमा विलय गराउँने कि ? भनेर आफ्नै हातमा भएको जस्तो बहुलापन देखाएर हिँडेको छ । यतिसम्म कि पूर्वराजा ज्ञानेन्द्र शाह सडकमा आएर उनलाई नभएर अरु नै खोजेर राजा बनाउनेसम्मको बकम्फुसे कुरा गरेर प्रसाईँ कुदिरहेको छन् । मानौ कि एउटा पागलले सन्केको भरमा देश अन्त विलय गर्ने वा राजा राख्ने–नराख्नेसम्मको अधिकार पायो भन्ने जस्ता बहुला कुरा गरेर हिड्ने दुर्गा प्रसाईंका पक्षमा एउटा राजवादी हुँ भन्नेहरुको झुण्ड लागेको देखिन्छ ।

अर्कोतिर आफूलाई सच्चा राजावादी भन्ने राजेन्द्र लिङ्देनहरुलाई पनि यस्ता बहुलाले राजतन्त्र ल्याउने भनेर हल्ला गरेपछि पूर्वराजाले त्यताको पो कुरा सुुन्ने हुन कि र हामीलाई पर पार्ने हुन् कि ? भन्ने चिन्ताले जलाएर खरानी बएको छ । एमालेको आडमा तीन सिट जितेका राजेन्द्र लिङ्देन अहिले राजतन्त्र फर्किने रंगिन सपना बुनेर बसेका छन् । प्रसाईँको बहुलापनले उनी थप बिचलित भएका छन् । यस्ता दुर्गा प्रसाईँ जस्ता फन्टुसहरुको भरिएको बेलुनमा ७ गते युवा संघले पीन घुसारिदिन्छ । त्यसपछि सबै सकिन्छ ।

दुर्गा प्रसाईँ कतिसम्म फन्टुस हुन भन्ने कुरा सुनसरीतिरका रिजवन अन्सारी जो दुबईमा बस्छन् । दुर्गा प्रसाई दुबई गएका बेला त्यहाँका राजपरिवारसँग भेटघाट गराउनेदेखि त्यहाँ मेडिकल कलेज खोल्ने प्रसाईँको फण्डामा विश्वास गरेर सहयोग गरेका रहेछन् ।

विभिन्न धन्दाका नाममा अन्सारीसँग करोडौँ रुपैयाँ समेत ल्याएका रहेछन् । त्यो पैसा समेत फिर्ता नदिने मात्रै होइन विभिन्न खालका प्रसाईँका गलत गतिविधिबाट दिक्क भएर अहिले उनको विरुद्धमा सार्वजनिक भएका रहेछन् । कहिले दुवईमा २ अर्वको मेडिकल कजेल खोल्छु भनेको छ । फेरि अर्कोतिर विदेशमा लगानी गर्दिन भन्दै हिँडेको छ ।

विभिन्न धन्दाका नाममा अन्सारीसँग करोडौँ रुपैयाँ समेत ल्याएका रहेछन् । त्यो पैसा समेत फिर्ता नदिने मात्रै होइन विभिन्न खालका प्रसाईँका गलत गतिविधिबाट दिक्क भएर अहिले उनको विरुद्धमा सार्वजनिक भएका रहेछन् । कहिले दुवईमा २ अर्वको मेडिकल कजेल खोल्छु भनेको छ । फेरि अर्कोतिर विदेशमा लगानी गर्दिन भन्दै हिँडेको छ ।

फेरि अर्कोतिर दुवईका राजाले नेपालमा लगानी गर्ने भन्दै हिँडेको छ । यो सबै बेसुरा कुरा गर्ने दुर्गा प्रसाईँलाई राज्यले सम्पत्ति शुद्धिकरण, राजस्व ठगीदेखि, चेक बाउन्ससम्मका सयौँ मुद्धाछन् । राज्यले यसलाई किन छाडा छाडिरहेको छ भन्ने हामीले बुझेको छैन । यस्तालाई तुरुन्त पक्राउ गरेर राज्यले थुन्नुपर्ने ढिला भएको छ । यसलाई तत्काल पक्राउ गरेर थुन्नुको अर्को विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *