जाजरकाेटका भूकम्पपीडितलाई लायन्स अफ काठमाडाैं फेलाेसिपद्वारा राहत सामग्री वितरण

काठमाडौं, ८ मंसिर । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरूकाका लागि लायन्स अफ काठमाडाैं फेलाेसिप एफद्वारा राहत सामग्री वितरण गरिएकाे छ ।

लायन्स अफ काठमाडाैं फेलाेसिप ड्रिस्टिक एफकाे सहयाेगमा क्लबका अध्यक्ष समाजसेवी राजेशदास हिमालयकाे समन्वयमा कर्णाली प्रदेशकाे नलगाड नगरपालिकाकाे वडा नं ५,६ र १ मा राहत सामग्री वितरण गरिएकाे अध्यक्ष हिमालयले जनाएकाे छ ।

नेपाल रेडक्रस साेसाइटी सिन्धुपाल्चाेककाे सहजीकरणमा लायन्स अफ काठमाडाैं ग्रिनसिटीका अध्यक्ष राजेन्द्र भट्ट, इसिएलएफका मनिता महर्जन, लायन्स अफ काठमाडाैं फेलाेसिपका सदस्य सुसिला श्रेष्ठ, सगरमाथा बाल आश्रमका चण्डिका श्रेष्ठलगाएतले रू दश लाख बराबरकाे राहत सामग्री वितरण गरेकाे जनाएकाे छ ।

क्लबले ठूलाे खालकाे त्रिपाल ४० थान, वच्चाकाे न्यानाे कपडा ३५० सेट, महिलाकाे लागि न्यानाे पछ्याैरा ९४ थान, बल्याङ्केट ठूलाेे साइजकाे ९२ वटा, ठूलाे मानिसका लागि न्यानाे कपडा १५० थान र ज्याकेट ५० थान वितरण गरेकाे छ ।

क्लबले जिल्ला विपत् व्यवस्थापन समितिमार्फत सामग्री वितरण गरेकाे जनाएकाे छ ।