भारतको संसद बैठकमा आक्रमणको प्रयास, दुई जना पक्राउ

एजेन्सी, २७ मंसिर । भारतको राजधानी नयाँ दिल्लीमा संसद चलिरहेका वेला शंकास्पद एक व्यक्ति हामफालेपछि भारतको संसद बैठक अवरुद्ध भएको छ।

संसदको हिउँदे अधिवेशन चलिरहेको समयमा लोकसभाको बैठकका क्रममा दर्शक ग्यालरीबाट अपरिचित एकजना व्यक्ति सांसदहरु बसिरहेको स्थानमा हामफालेका थिए।

सांसदहरु बसेको ठाउँमा हाम्फालेर कुदेलगत्तै उनीहरुले जुत्तामा लुकाएर ल्याएको स्प्रे सल्काएर फालिदिएका थिए। यसबाट सभाहल धुवाँको मुस्लोले ढाकिएको थियो।

हंगामा मच्चाउने दुवै जनालाई सांसदहरुले नियन्त्रणमा लिएका छन्। हिउँदे अधिवेशनको समयमा लोकसभामा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन्।

घटनालगत्तै संसदको बैठक स्थगित भएको छ। यस घटनासँग सम्बन्धित एउटा भिडियोसमेत सार्वजनिक भएको छ।

आक्रमणका वेला प्रधानमन्त्री नरेन्द्र मोदी संसदमा उपस्थित थिएनन्। सांसद गौरव गोगोईले संसदभित्र दुईजना शंकास्पद आक्रमणकारीले नाराबाजी गरेको बताए। कैयौँ सांसदले संसदभित्र धुँवाको मुस्लो फैलिएपछि केही पड्किएको आवाज आएको बताए।

सन् २००१ मा भारतको संसदमा भएको आक्रमणमा ५ जना बन्दुकधारीसहित १२ जनाभन्दा बढी मारिएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *