प्रदीप ज्ञवालीले मध्यपहाडको माटो टेकेर सोह्र दिनमा देखेका ६ दृष्य
प्रदीप ज्ञवाली
उपमहासचिव, नेकपा (एमाले)
काठमाडौं, २९ मंसिर । झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्पयात्राका क्रममा हामी तेह्रथुम जिल्ला आइपुगेका छौँ । हामी आज यो यात्राको १६ औं दिन पार गर्दैछौँ । यो १६ दिनको यात्रामा हामी उत्साहित भएको छौँ । यो यात्राका क्रममा हामीले उर्जाले भरिएको महशुस गरेका छौँ । त्योसँगै यो यात्राले हाम्रो मनोवल निकै माथि उठेको अनुभूति पनि गराएको छ ।
यो अभियान हामीले मुख्य गरेर ६ वटा उदेश्यसहित गरेका हौँ । पहिलो, विकासको प्रयाप्त संभावना भएको क्षेत्र हुँदाहुँदै पनि मध्यपहाडबाट तिव्र बसाईसराईँ भएको देखिन् । पूर्वधारहरु बन्ने तर मानिसहरु तराई वा सहर झर्ने र अझ भन्ने हो भने पछिल्लो समय विदेशिने क्रम तिव्ररुपमा बढेको छ । यसको कारण के–हो ? यसलाई कसरी रोक्न सकिन्छ ? भनेर जनताका अनुभूति सुन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ ।
दोस्रो, पछिल्लो समय जनतामा निराशा फैलाउने र देश बरबाद भयो भन्ने भाष्य निर्माण गर्ने जबरजस्त प्रयास भैरहेको छ । त्यसलाई चिर्ने उदेश्य एमालेले यो अभियानका क्रममा लिएको छ ।
तेस्रो, नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको हामी ७५ औं वर्षमा छौँ । यो ७५ वर्षमा पार्टीले के–के गर्यो ? अब कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुग्दा अर्थात अबको २५ वर्षमा देशको तस्बिर कस्तो हुन्छ ? एमालेले अबको २५ वर्षमा देश कस्तो बनाउँन चाहन्छ ? भन्ने तस्बिरबारे मध्यपहाडका जनतालाई जानकारी गराउने रहेको छ ।
तेस्रो, नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको हामी ७५ औं वर्षमा छौँ । यो ७५ वर्षमा पार्टीले के–के गर्यो ? अब कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुग्दा अर्थात अबको २५ वर्षमा देशको तस्बिर कस्तो हुन्छ ? एमालेले अबको २५ वर्षमा देश कस्तो बनाउँन चाहन्छ ? भन्ने तस्बिरबारे मध्यपहाडका जनतालाई जानकारी गराउने रहेको छ ।
चौथो, अहिले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई खलबल्याउने प्रयास भैरहेका छन् । त्यो कुरा हामी मध्यपहाडका जनताको घरदैलोसम्म नै पुगेर सामाजिक सद्भाव कायम राख्ने र राष्ट्रिय एकतालाई खलबल्याउन नदिने प्रयासका रुपमा पनि यो अभियानलाई लिएका छौँ । सामान्य भाषामा भन्दा सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय दिने उदेश्यका साथ अघि बढेका छौँ ।
पाचौँ, हामीले बसन्तपुरसम्म आइपुग्दा हामीले २९ वटा ठूला सभा गरेका छौँ । सय भन्दा बढी स–साना भेला गरेका छौँ । मध्यरातसम्म साथीहरु फुलमाला हातमा लिएर स्वागतका लागि बस्नुभएको छ । दैलेख, सुर्खेत, रुकुम पूर्व, गोरखालगायतका विभिन्न स्थानमा हामीले विकास निर्माणसम्बन्धि सर्वदलीय कार्यक्रम गरेका छौँ ।
त्योसँगै हामीले नेपालको युगान्तकारी परिवर्तनका लागि भूमिका खेल्ने परियोजनाहरु जस्तै भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सुनकोशी–मरिन डाइभर्सन, पार्खीवासको कृषि केन्द्रलगाएतको अवलोकन पनि यो अभियानका क्रममा गरेका छौँ । त्योसँगै हामीले मध्यपहाडको कृषि, पर्यटन, उर्जालगायतका विषयमा पनि छलफल गरेका छौँ ।
त्यति मात्रै होइन ज्ञापनपत्र मार्फत हामीले हजारौँ जनताका माग हामीले यो अभियानका क्रममा सुनेका छौँ, भेटघाट गरेका छौँ । यी सबैबाट एमालेले प्राप्त गरेको सबै भन्दा ठूलो उपलब्धि के–हो भने हाम्रो जनतासँग सम्बन्धन असाध्यै निकट भएको छ ।
त्यति मात्रै होइन ज्ञापनपत्र मार्फत हामीले हजारौँ जनताका माग हामीले यो अभियानका क्रममा सुनेका छौँ, भेटघाट गरेका छौँ । यी सबैबाट एमालेले प्राप्त गरेको सबै भन्दा ठूलो उपलब्धि के–हो भने हाम्रो जनतासँग सम्बन्धन असाध्यै निकट भएको छ ।
हामीले अहिलेसम्म करीब ८ लाख मान्छेसँग प्रत्यक्ष भेटघाट गरेका छौँ । करीब १० लाख मानिससँग हामीले अप्रत्यक्ष–परोक्ष संवाद गरेका छौँ । यो अभियान सम्पन्न गर्दासम्म हामीले करीब २५ लाख मानिसँग प्रत्यक्ष–परोक्ष संवाद हामीले गर्नेछौँ ।
छैटौँ, पछिल्लो समय नेकपा (एमाले)को लोकप्रियता खस्किदोँ अवस्थामा छ । एमाले कमजोर बन्दै गएको छ भन्ने जस्ता भाष्य निर्माण गर्ने प्रयास भैरहेको छ । एमालेलाई आधार बनाएर मानिसहरुमा गणतन्त्र र लोकतन्त्रप्रतिको विश्वास टुट्दैछ भन्ने भ्रम फैलाउने प्रयास समेत भैरहेको छ । यो यात्राले ती सबै भ्रमलाई चिर्ने काम गरेको छ ।
त्योसँगै नेपाली जनता लोकतन्त्रको पक्षमा, गणतन्त्रको पक्षमा छन्, नेकपा (एमाले)को पक्षमा छन् भन्ने सन्देश पनि हामीले दिएका छौँ ।
निशन्देह हाम्रा केही कमजोरीहरु अवश्य छन् । हाम्रा कार्यशैलीहरु बदल्नुपर्ने छ यी कुरामा पनि हामीले उहाँहरुबाट सुझाव पाएका छौँ । उदाहरणका लागि हामी यो अभियानमा मध्यपहाडका जनताको घरदैलोमा पुग्दा उहाँहरुले ‘तपाईँहरु चुनाव बाहेक पनि त यसरी घरदैलोमा आउन सक्नुहुनेरहेछ नि ?’ भनेर प्रश्न गर्नुभएको छ । उहाँहरुले जिल्ला, पालिका र वडाका नेताहरुले यस्तै गर्ने हो भने हामीले गुनासो गर्ने बाटो हराएर जान्छ भनेर भन्नुभएको छ ।
उहाँहरुका यी सुझावलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । जनताले आफ्ना नेता, आफ्ना जनप्रतिनिधि आफूहरु नजिक भएको देख्ने चाहना राख्ने रहेछन् । यो अभियानले यस्तो सकारात्मक सन्देश पनि दिएको छ ।
उहाँहरुका यी सुझावलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । जनताले आफ्ना नेता, आफ्ना जनप्रतिनिधि आफूहरु नजिक भएको देख्ने चाहना राख्ने रहेछन् । यो अभियानले यस्तो सकारात्मक सन्देश पनि दिएको छ ।
हामीले यो अभियानका क्रममा पहाडका विकासका प्रचुर संभावना छन् । मुख्य गरेर कृषि र कृषिजन्य बस्तुको असाध्यै ठूलो संभावना मध्यपहाडमा रहेछ । त्यसलाई उजागर गर्नुपर्छ । पहाडी क्षेत्र जलस्रोतको भण्डार हो, पर्यटनको भण्डार हो । यी सबै समावेश गरेर हाम्रा विकासका योजनाहरुलाई केन्द्रित गर्नुपर्छ भन्ने सन्देश पनि यो यात्राले दिएको छ ।
पूर्वी पहाडमा हामी आइपुग्दा केही सिमित व्यक्तिहरु आफ्नो अधिकार र पहिचानको नाममा वर्षौँदेखि मिलेर बसेको नेपाली समाजमा तिक्तता बढाउने प्रयासमा रहेको पायौँ । हाम्रो उहाँहरुलाई आग्रह छ । हामीले धेरै टाढा जानै पर्दैन । हामीले छिमेकी मुलुक भारतको मणिपुर हेरे पुग्छ ।
मध्यपुर्वको गाँजा क्षेत्र हेर्दा पनि हुन्छ । त्यसैले धर्म, जात, संस्कृति, भाषा, भूगोलका नाममा सद्भाव तोड्ने होइन जोड्ने आयमबाट यी विषयलाई हेर्नुपर्छ । अहिले पहिचानको नाममा द्वन्द्व फैलाउन लागिरहनु भएका साथीहरुलाई मेरो विनम्र आग्रह छ । यसले हामीलाई कतै पुर्याउँदैन । यो असलबाटो हुँदैहोइन । यसले हामीलाई पछाडि मात्रै लैजान्छ ।
युवालाई देशभित्रै राख्नका लागि युवा केन्द्रित कार्यक्रम ल्याउन आवश्यक छ भन्ने पनि हामीले यो यात्राका क्रममा देख्यौँ । हामीले नीति, निर्माण तहमै गहन छलफल गरेर यस्ता योजना नल्याउने हो भने युवा विहीन मध्यपहाड बन्ने डरलाग्दो भविष्य पनि यो यात्रामा देख्यौँ । कतिपय ठाउँमा वृद्धवृद्धाहरुलाई तातो पानी तताएर खुवाउने युवा समेत नपाउने कहाली लाग्दो अवस्था अहिले नै रहेछ ।
कतिपय ठाउँमा विद्यालयहरु भवन छन् तर, कक्षाकोठाहरु रित्ता बन्दै गएका छन् । त्यसले आउँदो पुस्तामा झन विकराल अवस्था सिर्जना गर्ने हो कि भन्ने झन खतरा देखाएको छ । यसले गरिबीको दुष्चक्र बढाउँछ । यस्तो अवस्था हामील मध्यपहाडमा देख्यौँ ।
कतिपय स्थानमा हामीले जलवायु परिवर्तनका असरहरु पनि देख्यौँ । कतिपय स्थानमा खानेपानीका मुहान सुक्दै गएका, सुन्दर हिमालहरु कालोपहाड जस्तो बन्दै गएका जस्ता दृष्यहरु हामीले मध्यपहाडबाट उत्तर फर्किएर हेर्दा देख्यौँ । पहिरोले ठूला–ठूला धाँजा फाटेका पहाड पनि हामीले देख्यौँ ।
कतिपय स्थानमा हामीले जलवायु परिवर्तनका असरहरु पनि देख्यौँ । कतिपय स्थानमा खानेपानीका मुहान सुक्दै गएका, सुन्दर हिमालहरु कालोपहाड जस्तो बन्दै गएका जस्ता दृष्यहरु हामीले मध्यपहाडबाट उत्तर फर्किएर हेर्दा देख्यौँ । पहिरोले ठूला–ठूला धाँजा फाटेका पहाड पनि हामीले देख्यौँ ।
हामीले यहि अभियानका क्रममा जाजरकोट र रुकुमपूर्वका भूकम्प पीडित जनताको अवस्थालाई पनि नजिकबाट हेर्ने बुझ्ने काम गर्यौ । हामीले त्यहाँका भूकम्प प्रवावितलाई छानाबाहिरबाट छानाभित्र ल्याउन हाम्रा स्वयंसेवकले अहोरात्र खटेर गरेका कामको अवलोकन पनि गर्ने अवसर प्राप्त गर्यौ । त्यहाँका जनताको अनुभूति सुन्यौँ ।
हाम्रो अभियान मंसिर १ गते चिवाभञ्ज्याङमा नेकपा (एमाले) अध्यक्ष कमरेड केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर समापन गर्नुहुनेछ । त्यसले देशलाई निकै ठूलो सन्देश दिनेछ भन्ने मैले अपेक्षा गरेको छु ।
राजधानी बसेर दिक्क लाग्दो सत्ताको लुछाचुँडी र भागबण्डालाई छाडेर जनताको विचमा आउनुहोस् भन्नु चाहन्छु । जनताको पीडामा मल्हम लगाउन हामी सबैले स्वस्थ्य प्रतिस्पर्धा गरौँ, मेरो यहि आग्रह छ ।
सारमा भन्ने हो यो अभियानले एमालेको जनआधार बलियो बनाउन र जनतासँगको सम्वन्धनलाई थप बलियो बनाउन ठूलो भूमिका खेलेको छ । नेकपा (एमाले) बाहेक देश बनाउने र बचाउने अर्को शक्ति छैन भन्ने कुरा मध्यपहाडका जनतामा दृढ र अविचलित आत्माविश्वास हामीले देख्यौँ । यसले हामीलाई थप उत्साहित बनाएको छ । यो अभियानमा प्रत्यक्ष–परोक्षरुपमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।