सन्दीपको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा

काठमाडाैं, ८ पुस । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ ।

जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको हो । उनको मुद्दाको पेशी पहिलो नम्बरमानै रहेको छ। सम्भवत आज यो मुद्दामा सुनुवाइ हुनेछ। बहस नोट बुझाएपछिको फाइनल पेसी आज दोस्रो पटक हुँदैछ।

यसअघि गत २४ मंसिरमा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमानै मुद्दाको सुनुवाइ रहेको भएपनि बार एसोसिएसनको सम्मेलनको कारण देखाउँदै सन्दीपका कानुन ब्यवसायीले मुद्दा स्थगित गरेका थिए। त्यसपछि ८ मंसिर (आज) का लागि पेशी तोकिएको हो।

सन्दीपको मुद्दामा गत २३ कार्तिकमा अदालतले बहस नोट बुझाउन आदेश दिएपछि दुवै पक्षका कानुनब्यवसायीले लिखित रुपमा बहस नोट अदालत समक्ष प्रस्तुत गरेका थिए। सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरू माग गर्दै आएको भए पनि गत २३ कार्तिकमा भने बहस नोट माग गरेको थियो।

गत वर्षको १५ फागुनमानै सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिँदा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारवाही किनारा गर्नू भनी आदेश दिएको थियो। तर उक्त आदेश दिएको ९ महिना वितिसक्दा समेत मुद्दाले किनारा पाउन सकेको छैन।

करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *