प्रधानमन्त्रीलाई भारतसँग भएका सम्झौताको पूर्णपाठ उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन
काठमाडाैं, २५ पुस । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले प्रधानमन्त्रीलाई भारतसँग भएकाे सम्झौताकाे पूर्णपाठ उपलब्ध गराउन निर्देशन दिएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले यही पुस १९ गते गरेको नेपाल भ्रमणको बेला दुई देशबीच भएका सम्झौताको पूर्णपाठ सात दिनभित्र उपलब्ध गराउन कानून समितिले निर्देशन दिएको हो ।
समितिकाे बैठकमा प्रधानमन्त्री प्रचण्ड र समिति सदस्यहरुबीच प्रश्नोत्तर समेत भएको थियो ।
छलफलको क्रममा समिति सदस्यहरुले नेपाल सरकारले गरेका सन्धि सम्झौताहरुको जानकारी नै नहुने गरेको बताउनुभएकाे थियाे ।