पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा राप्रपाको जलपान, प्रधानमन्त्री, सभामुखसहितका नेताहरु सहभागी
काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज काठमाडाैंमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडाैंकाे भृकुटीमण्डपमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति रहेको छ ।
त्यस्तै, कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति रहेको छ । कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गर्नुभएकाे थियाे ।
कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, मन्त्रिहरु, मन्त्रिपरिषद्का पूर्वध्यक्ष, विभिन्न राजनीति दलका नेता तथा कार्यकर्ता, पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, उद्योगी, व्यपारी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति र सर्वसाधारणको उपस्थिति थियो ।
राप्रपा नेपालले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रत्येक वर्ष पुस २७ गते चियापान कार्यक्रम गर्दै आएको छ ।