बेलुन फुलाउने हाइड्रोजन ग्यास सिलिण्डर पड्किएर झापामा दुई जना घाइते

काठमाडौं, २ माघ । झापामा हाइड्रोजन ग्यास सिलिण्डर पड्किएर दुई जना घाइते भएका छन्।

झापाकाे बिर्तामोड नगरपालिका वडा नम्बर ७ राधाकृष्‍ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको प्राङ्‍गणमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किएर सोमबार बिहान दुई जना घाइते भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्कुलमा खेलकुद दिवसका अवसरमा कार्यक्रमका लागि बेलुन फुलाउन एउटा हाइड्रोजन ग्‍यास सिलिण्डर ल्याइएको थियो।

बेलुन फुलाउने क्रममा एक्कासी सिलिण्डर पड्किएको प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

प्रहरी निरीक्षक गिरीका अनुसार सिलिण्डर पड्किएर डेकुरेसन सिलगुढी संस्थाबाट खटिएका भारतीय नागरिक ५४ वर्षीय गणेश सहनी गम्भीर घाइते छन्। उनको दाहिने खुट्टाको भाग चुडिएको छ। उनको उपचारको लागि बिएण्डसी अस्पताल लगिएको छ।

सिलिण्डर पड्कँदाको ठूलो आवाजले गर्दा कक्षा ९ मा पढ्ने बिर्तामोड-७ की १५ वर्षीय कुसुम तामाङको कानमा समस्या आएको छ। उनको उपचारको लागि बिएण्डसी अस्पतालमा पठाइएको छ। उनको अवस्था सामान्य छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *