पहिलो पटक नेपाली चिकित्सकबाटै त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण

काठमाडाैं, १८ माघ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीकाे टोलीले पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ।

कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर रमेशसिंह भण्डारीसहितको संयुक्त टोलीले गत पुस २७ गते कलेजो प्रत्यारोपण गरिएको हो।

कलेजो प्रत्यारोपणपछि डा. भण्डारीले भन्नुभयाे, सबै स्वास्थ्यकर्मीको अथक प्रयासबाट कलेजो प्रत्यारोपण सफल भएकाे हाे । ‘यो नेपालको स्वास्थ्य क्षेत्रकै लागि ठूलो सफलता हो र यो कामको लागि टोलीका सबै जना धन्यवादका पात्र हुनुहुन्छ।’ सबैको अथक प्रयासले यो कुरा सम्भव भएको उहाँले बताउनुभयाे ।

डा. भण्डारीका अनुसार ४१ वर्षीय पुरूषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गरेकी हुन्। गत पुस २७ गते कलेजो प्रत्यारोपणपछि ती पुरूषलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ।

नेपालमा पहिलोपटक २०७३ साल मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो। तर त्यो बेला दक्षिण कोरियाबाट आएका शल्यचिकित्सकको विज्ञ टोलीले प्रत्यारोपण गरेका थिए। त्यसयता पनि नेपालमा कलेजो प्रत्यारोपण गरिएको भए पनि ती सबै प्रत्यारोपण विदेशका विशेषज्ञको टोलीको संलग्नतामा भएको थियो।

त्रिवि शिक्षण अस्पतालमा पनि २०७६ जेठ १७ गते पहिलोपटक भारतीय विशेषज्ञ टोलीको सहायतामा पहिलो प्रत्यारोपण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *