सर्लाही दुर्घटना अपडेट : नापी कार्यालय सहयोगीको मृत्यु, नापीका प्रमुखसहित तीनजनाकाे अवस्था गम्भिर
सर्लाही, २३ माघ । सर्लाहीको मलंगवामा सोमवार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नापी कार्यालय सर्लाहीका कार्यालय सहयोगी ६० वर्षीय विनोद घिमिरे रहेका छन् ।
सोमबार राति भारतीय बी.आ. ०६ पी. डी ९६४८ नम्बरको सफारी र ज २ त १०६७ नम्बरको ट्याक्टर ठोक्किँदा ११ जना घाइते भएका थिए ।
ती भारतीय सफारीमा नापी कार्यालय सर्लाहीका कर्मचारी सवार थिए । दुर्घटनामा घाइते नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपाका ४५ वर्षीय सञ्जय मानन्धरसहित १० जनाको उपचार भैरहेको सर्लाही प्रहरीले जनाएकाे छ ।
घाइतेमध्ये प्रमुख मान्धर, मलंगवा ३ का ३५ वर्षीय रामलाल साह र महोत्तरीका ३० वर्षीय बैजु यादव गम्भीर छन् ।
त्यस्तै घाइते हुनेहरुमा सर्लाहीको कौडेना गाउँपालिका २ बस्ने वर्ष २४ का संजित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका २ बस्ने वर्ष ३० का रिटेन यादव, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ५० का बैधनाथ पटेल, मलंगवा नगरपालिका ७ बस्ने वर्ष ३४ का रामबावु राय, धनुषाको शहीदनगर नगरपालिका ७ बस्ने वर्ष २९ का दिपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका २० बस्ने वर्ष २४ का शहीद अनवर र महोत्तरी बस्ने वर्ष २५ का अजय यादव रहकाे सर्लाही प्रहरीले जनाएकाे छ ।
उनीहरु कार्यालयकै एक कर्मचारीको घरमा आयोजित पारिवारिक कार्यक्रममा सहभागी हुन जाँदै थिए ।