क्यानडासँग अन्तिम खेल खेल्दै नेपाल ए

काठमाडौं, १० फागुन । क्यानडा सँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज नेपाल एले तेस्रो तथा अन्तिम खेल खेल्दै छ ।

खेल मुलपानी क्रिक्रेट मैदानमा बिहान साढे ९ बजे हुँदैछ । यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडाले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १-१ को बराबरी गरेको छ ।

आजको खेल जित्ने टोलीले यो शृङ्खला २-१ ले जित्नेछ ।

नेपाली टोलीमा विनोद भण्डारी, सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जि.सी. रहेका छन् ।