विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौँ, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
विपक्षी दलका सांसदहरूले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफ माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।
सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।