त्रिकोणात्मक टी-२०आई सिरिज
नामिबियालाई दियो १८१ रनको लक्ष्य
काठमाडौं, १८ फागुन । त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनायो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।
कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।
ओपनर अनिल साह २३ रन बनाउँदै आउट भए । गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए ।
दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।