सशस्त्र प्रहरी बलका डीएसपी मृत फेला
विराटनगर, २१ फागुन । सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् ।
मोरङकाे धनपालथान गाउँपालिका-३ मा सशस्त्रका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् ।
मोरङ प्रहरीका अनुसार बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । उनी कार्यालय परिसरमा रहेकाे आफ्नै क्वार्टरमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीे जनाएकाे छ ।
बस्यालको मृत्युको कारण भने खुलेको छैन । अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।