पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य

काठमाडौं, ३० फागुन । त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्नका लागि पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।
हङकङमा जारी टी–२० सिरिज क्रिकेटको उपाधि जित्नका लागि पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको हाे ।
टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । पपुवा न्युगिनीका टोनी यूराले ६१ रन बनाए ।
यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।
नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३/३ विकेट लिए । करण केसी र गुलशन झाले एक/एक विकेट लिए ।