होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता
काठमाडौं, ११ चैत्र । होली खेलेर सुनकोशी नदीमा नुहाउन गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीय रेखा मगर सुनकोशीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
होली खेलेर उनीहरु अपराह्न ३ बजे साउनेको धाप्लाङघाटमा नुहाउन गएका थिए । उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ जना बालबालिकालाई भने स्थानीयले उद्दार गरेका छन् ।
बेपत्ता बालबालिकाको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ । स्थानीय र प्रहरी टोली खाेजीकार्यमा जुटेको छ ।