त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं, ७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद गरेको छ ।

प्रहरीले भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरेकाे जनाएकाे हाे ।

अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट प्रभिन सुन सहित पक्राउ परेकी विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए ।

उक्त सुन बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएकाे छ । यसअघि बुधवार पनि विमानस्थलबाट बेवारिसे अवस्थामा एक केजी भन्दा बढी सुन बरामद भएको थियो ।