गोरखाको मनास्लु क्षेत्रमा हिमपहिराे, गृह मन्त्रालयले भन्याे बुढीगण्डकी नदी आसपास सतर्क रहनु

काठमाडौं, ९ वैशाख । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा गएकाे हिमपहिराेले वीरेन्द्र तालमाकाे पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ ।

हिमपहिरो खस्दा तालको पानी बगेर बाढी आएपछि साम्दु र सामागाउँ जोड्ने एउटा पुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।

गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकका अनुसार सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुग्दा हिमपहिरोका कारण पानी बाहिर आएको जनाएकाे हाे ।

प्रहरी प्रमुख पाठकले भन्नुभयाे बाढीले एउटा कच्ची पुल बगाएको छ । हाम्रो प्रहरी टाेलीका अनुसार बाढीले थप क्षति पुर्‍याउने सम्भावना छैन ।

गृह मन्त्रालयले भने वीरेन्द्र ताल फुट्दा बुढीगण्डकी नदीमा ठूलो बाढी आएको जनाएको छ ।