इलाममा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता

काठमाडौं, १६ वैशाख । इलाम–२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाएका छन् ।

त्यस्तै वडा नं ३ को मतगणना सम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार खड्का ३४५ मत भन्दा बढीले पछाडि परेका छन् । उनले दुई हजार १९७ मत पाएका छन् ।