डाक्टर स्मृति शाक्यको नयाँ गीतको छायाँकन सम्पन्न : पाँच मिनेटको गीतमा पूरै चलचित्रको कथावस्तु

मैले माया लाएको धोका दिन होइन,
मैले प्रीति गाँसेको दुःख दिन होइन

काठमाडाैं, ३१ वैशाख । मनमोहन कार्डियोलोजि सेन्टर त्रिविवि टिचिङ अस्पतालमा कार्डियोलोजिष्टको रुपमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको सानैदेखिको रहरको विषय भनेको गायन हो । लामो समय डाक्टरी अध्यन तथा प्राक्टिसमा व्यतित भएको कारण सानैदेखिएको रहर र चाहनाको विषयमा समय दिन नसकेकी डाक्टर शाक्यको गायनमा भने हालै तीनवटा गीत रेकर्ड भएको छ।

त्यस मध्ये डाक्टर अजयक्रान्ति शाक्यको शव्द तथा संगीत रहेको गीत मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन बोलको मनछुने गीतको म्युजिक भिडियोको केही दिनअघि मात्र छायाँकन भएको छ। नेपाली चलचित्र उद्योगका युगिन निर्देशक देव कुमार श्रेष्ठको निर्देशनमा छायाँकन भएको उक्त गीतको म्युजिक भिडियोमा युवा पुस्ताको ढुकढुकी बनेका नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको बेजोड अभिनय छ। विना कम्प्रोमाइज पूरै दुई दिन लगाएर काठमाडौंको रवीभवन स्थित होटल क्राउन इम्पेरियल परिसर तथा ललितपुरको लाकुरी भञ्ज्याङमा छायाँकन भएको हो।


मुटुरोग विशेषज्ञ डाक्टर शाक्य आफै पनि फिचरिङ भएको गीतको भिडियोमा अभिनय गर्न पाउंदा व्यापक कौतुहलता र उत्सुकता लागेको डा. शाक्यले बताईन । यस्तै विशेषज्ञ डाक्टरले गाएको एउटा मन्त्रमुग्ध गीत संगीतमा अभिनय गर्दा आफू पनि खशी भएको र उहाँहरुको टीमसँग काम गर्न पाउँदा गौरबता लागेको नायक आकाश श्रेष्ठले बताएका छन्। नायिका करुणा श्रेष्ठले भने, गायिका डाक्टर शाक्यको गीतवाटै ज्यादै आकर्षित भएको अनि संगै अभिनय गर्न पाउंदा डाक्टर शाक्यको शालिनतावाट प्रभावित बनेकी बताइन् । निर्देशक देव कुमार श्रेष्ठको भनाईमा डाक्टर शाक्य डाक्टरी पेशामा जसरी अग्रपंक्तीमा रहेकी छन्, त्यसरी नै गायन तथा अभिनयमा पनि अग्रता छ।

रुचिको विषय गर्न आफूलाई कुनै समय नै नचाहिने र फुर्सद हुनासाथ गरिहाल्ने भएको कारण धेरै समय पश्चात तीनवटा गीत गाएर प्रकाशमा ल्याउंदा हजारौ हजारको तारिफ आउँदा अझ प्रेरणा मिलेको पनि डाक्टर शाक्यले खुशी प्रकट गरेकी छन्। पहिलो गीतको कभर सङ मात्र बनाएर हिट भैसकेका अवस्थामा दोस्रो गीत फिल्मी स्टाइलमा नायक–नायिकाका साथमा आफैले गाएर अभिनय गर्न पाउंदा ज्यादै रमाइलो भएको भनेकी छन्। डा. शाक्यले नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको अभिनयले पनि आफू प्रभावित भएको बताईन् ।

यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको कालजयी गीत ए–कान्छा मलाई सुनको तारा खसाइ देऊन बोलको गीत संगीतज्ञ हरिशरण सायमीसंग कभर सङ गाएर छोटो समयमा चर्चाको शिखरमा डाक्टर शाक्य पुगिसकेकी छन्।

त्यस्तै,
केही मिठा कुरा गरौन,
दुई कदम संगै हिंडौन,
जिन्दगीको के भरोसा,
माया माया तिमी नै माया

डाक्टर अजयक्रान्ति शाक्यको शव्द तथा संगीत रहेको डा. शाक्यको स्वर रहेको बोलको गीत छायाँकनको क्रममा रहेको डा. शाक्यले बताइन । डा. शाक्यको गीतको छायाँकन अति नै उत्कृष्ट रहेको जसमा फीचर फिल्मी शैलीमै सबै उपकरण तथा प्रविधिहरु प्रयोग गरेर छायाँकन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *