सुरक्षण मुद्रणमा दोषी ठहर भएका इन्जिनियर पोखरेल झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं, ११ जेठ । सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिनमा उनी मृत फेला परेकाे हाे ।

बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्‍याङमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको भक्तपुर प्रहरीले जनाएको छ ।

विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

५७ वर्षीय पोखरेल वन तथा वातावरण मन्त्रालयमा उपसचिवस्तरमा कार्यरत रहेका बेला गत वर्ष निलम्बनमा परेका थिए । प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट फेला परेको छ ।