नेपाल कम्युनिष्ट पार्टी एमालेको राष्ट्रिय महिला भेला सुरु

काठमाडौँ, १६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएकाे छ ।

कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु उपस्थित हुनुभएकाे छ। भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजारको सहभागिता रहेको छ ।

विसं २०६३ जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेद्कारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई व्यवस्थापिका संसद्को सङ्कल्प प्रस्तावका रूपमा पास गरेको दिनको स्मरणमा भेलाको आयोजना गरिएको हो । भेलाको संयोजन एमालेको जनसङ्गठन संयन्त्रले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *