चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ
काठमाडौं, २१ जेठ । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । थापालाई प्रहरीले सोमबार दिउँसो बालुवाटारबाट पक्राउ गरेको हो ।
प्रहरीले फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा लिएर उनलाई पक्राउ गरिएको जनाएको छ । उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा मुद्दा परेकाे थियो ।
पक्राउ पुर्जी जारी भएपनि फरार रहेका उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उनीविरुद्ध ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ मुद्दामा जाहेरी परेको थियो ।
आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।
उनी निर्देशित चलचित्र ‘रावायण’को दोस्रो चरणको छायांकन आजदैखि सुरु हुन लागेको थियाे ।