गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध एक अर्ब ४ करोडकाे भ्रष्टाचार मुद्दा

काठमाडौं, २१ जेठ । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको अभियोगमा मेयर महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुमाथि एक अर्ब ४ करोड विगो मागदाबीसहितको आरोपपत्र विशेष अदालतमा दर्ता गराएकाे छ ।