सम्बन्धित मन्त्रीहरुले आज सांसदले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं, ५ असार । प्रतिनिधिसभाकाे बैठकमा सम्बन्धित मन्त्रीहरुले आज सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुने भएकाे छ ।

विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले संसदमा जवाफ दिनुहुनेछ ।

विनियोजन विधेयकका विभिन्न शिर्षकमा भएको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूची राखिएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने संसदको पहिलो बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।

कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तंगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।