निर्देशक समाजको आयोजनमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ हुने

काठमाडौंँ, ५ असार । चलचित्र निर्देशक समाजको आयोजनमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ हुने भएको छ ।

कोशी प्रदेश विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३)मा हुने फेष्टिभल नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।

फेष्टिभलमा बिसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र बृतचित्रले सहभागीता जनाउन सक्नेछन् । हिमाल, पर्यटन र कलासंस्कृतिसँग नजिक रहेका फिल्म फेष्टिभलको विशेष प्रथामिकतामा पर्नेछ । फेष्टिभलमा सहभागीता हुन चाँहने फिल्मले यहि असार ११ गते (जुन २५) भित्र आवेदन दिन सक्नेछन् ।

विभिन्न राष्ट्रिय स्तरका कलाकर्मीको समेत सहभागीता रहने फेष्टिभलमा चलचित्र प्रदर्शन, चलचित्रको संवाद लगायतका विभिन्न कार्यक्रम समेत आयोजना हुने फेष्टिभलको तयारी समेत सुरु भएको निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले बताए ।

‘यो फेष्टिभल यसवर्ष कोशी प्रदेश विराटनगरमा आयोजना हुने भएपनि आगामी वर्षहरुमा हामीले देशभर लैजाने योजना बनाएका छौ’, पराजुलीले भने ‘फेष्टिभलले चलचित्र संस्कृतिको विकास गर्दै चलचित्र निर्माण र प्रदर्शनमा पनि सहयोग गर्नेछ ।’ फेष्टिभल भब्य र सब्य बनाउन आफुले कुनै कसुर बाँकी नराख्ने पराजुलीको धारणा रहेको छ ।

चलचित्र बिकास बोर्डको सहकार्य रहेको फेष्टिभलमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएका छन् । फेष्टिभलमा सहभागीताका लागि फर्म निर्देशक समाजको कार्यालय अनामनगरबाट उपलब्ध हुनेछ ।