इसिएलएफ नेपालद्वारा हिरादेवी आधारभूत विधालय मेलम्चीमा शैक्षिक सामग्री हस्तान्तरण

काठमाडाैं, ८ असार । शैक्षिक गुणस्तर अभिवृध्दिका लागि निरन्तर लागिरहेकाे इसिएलएफ नेपालले यस वर्ष पनि सिन्धुपाल्चाेक जिल्लाकाे मेलम्ची नगरपालिका १० मा रहेकाे हिरादेवी आधारभूत विधालयमा एक कार्यक्रम गरी शैक्षिक सामग्री हस्तान्तरण गरेकाे छ ।

इसिएलएफ नेपालले विगत तीन वर्षदेखि विधालयमा बालबालिकाहरूका लागि आवश्यक शैक्षिक सामाग्री झोला, कापी, कलम, पानीकाे बाेतल र स्कुल ड्रेसलगाएतका सामग्री प्रदान गर्दै आइरहेकाेमा यस वर्षपनि साेही सहयाेगलाई निरन्तरता दिएकाे हाे ।

लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका अध्यक्ष राजेस हिमालयकाे संयाेजकत्वमा गरिएकाे उक्त कार्यक्रममा सिड्नी नेपालका समाजसेवी सुनिलराज जोशीकाे सहयाेगमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएकाे थियाे ।

कार्यक्रममा इसिएलएफ नेपालका अध्यक्ष बन्दनालक्ष्मी श्रेष्ठले यस्ताे सहयाेगले अविभावकहरुलाई वालवालिका प्रति आमा बुवाको दायित्वबाेधहुने पनि बताउनुभयाे । उहाँले देशैभरी इसिएलएफ नेपालद्वारा यस्ताे सहयाेगकाे कार्यक्रम भइरहेकाेले यसलाई निरन्तरता दिइरहने पनि बताउनुभयाे ।

कार्यक्रममा मेलम्ची न. पा.-१०का वडा अध्यक्ष अमृत खनाल, विधालय व्यवस्थापन समितीका अध्यक्ष पुतली माझी, प्रधानाध्यापक ऋषिराम रिजाल, इसिएलएफ नेपालका निर्देशक राजाराम महाजु, समाजसेवी भुपेन्द्र श्रेष्ठ , समाजसेवी लोकनाथ पौडेल, श्रीराम महाजु, सिरपा महाजु, स्थानीयलगाएतकाे उपस्थिती रहेकाे थियाे ।