न्युर्याेकको टाइम्स् स्क्वारको प्लाडिनियममा पहिलो पटक नेपाली कन्सर्ट हुने
काठमाडौं, १४ असार । गायक सुशान्त केसीले अमेरिकाको न्युर्याेकमा दर्शक नचाउँने भएका छन् । न्युर्याेकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने ‘सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युर्याेक’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीतसंगीतबाट दर्शक झुमाउने भएका हुन् ।
हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम आयोजना हुदै आएको भेन्युमा पहिलो पटक नेपाल कलाकारकोे कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा सुशान्त सहित ११ जना ब्याण्ड मेम्बरको लाइभ म्युजिक समेत रहनेछ । कार्यक्रमको आयोजना ठमेल एनवाईसीका तर्फबाट लेलिन कडेल, जिमी गुरुङ, रोशन गौचनले गर्दैछन् ।
नेपाली गीतसंगीतलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउँदै हलिउड र बलिउडका गायक गायिका झै नेपाली गायक गायिकाले पनि सोही स्थानमा र सोही स्तरको कार्यक्रम गर्न सक्छन् भन्ने सन्देश कार्यक्रमले दिने आयोजक मध्यका एक लेलिन कडेलले बताए ।
कार्यक्रममा १६ वर्ष भन्दा माथिका दर्शकले मात्र सहभागी जनाउन सक्नेछन् । न्युर्याेकको प्लाडिनियमपछि सुशान्तको कार्यक्रम अमेरिकाको अन्य ११ स्थानमा समेत हुने आयोजक रोशन गौचनले बताए । कार्यक्रमको मिडिया संयोजक रेशम जंग शाह रहेका छन् ।