विचारमा भिन्नता छैन, निर्वाचन व्यक्ति छनोटका लागि मात्रै होः जगन्नाथ खतिवडा (भिडियो अन्तर्वार्ता)
काठमाडौं, १४ असार । नेकपा (एकिकृत समाजवादी)को १० औँ महाधिवेशन यहि असार १६ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । १८ सय ५० को हाराहारीमा सहभागि हुने प्रतिनिधिले नयाँ नेतृत्व छनोट गर्ने छन् । अहिले मुख्य गरेर नेतृत्वका लागि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले दाबी गर्नुभएको छ । महासचिव घनश्याम भुसालले पनि नेतृत्वका लागि दाबी गर्ने चर्चा छ । महासचिवमा पनि धेरै जनाले दाबी गरेका छन् ।
उपमहासचिव जगन्नाथ खतिवडासँगै अरु नेताहरुको पनि चर्चा चलेको छ । महाधिवेशनको दुई दिन अघि मात्रै मैत्रिन्युज डटकमको स्टुडियोमै हामीले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई निम्तो दिएका थियौँ । उहाँले अहिलेसम्म पनि सर्वसम्मतको प्रयास भैरहेको भन्दै सर्वसम्मत नेतृत्व छनोट नभए निर्वाचन प्रक्रियाबाट अघि बढ्ने र आफ्नो महासचिवका लागि दाबी रहने उल्लेख गर्नुभयो ।
उहाँले निर्वाचन भए पनि विचारमा भिन्न भएर होइन फरक–फरक टाउकाका बिच निर्वाचन हुने उल्लेख गर्नुभयो । नेकपा (एकिकृत समाजवादी) मा विचारमा मतभेद नरहेको भन्दै उहाँले निर्वाचनपछि पार्टी थप बलियो भएर अघि बढ्ने तर्क गर्नुभयो । उहाँले आगामी निर्वाचन अघिसम्ममा बामपन्थीहरुबिच एकता गरेर अघि बढ्न सक्ने ढोकाहरु खुला रहेको भन्दै त्यसका लागि नेकपा (एमाले) मुख्य गरेर नरम बन्नुपर्ने उहाँको भनाई छ । खतिवडासँग गरेको भिडियो कुराकानीः