डाक्टर अजयक्रान्ति शाक्यका ‘बुद्धका मौलिक दर्शन’ विमाेचन (तस्बिरहरू)

काठमाडाैं, १० साउन । बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ नामक पुस्तक हिजाे एक कार्यक्रम गरी विमोचन गरिएकाे छ ।

पुस्तक प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएकाे हाे । ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन संगै भिक्षु एवं अनगारिका गुरुमाँहरुलाई संघदान गरिएकाे थियाे ।

बुद्धधर्म र दान शब्दलाई चर्चा गर्दै प्रधानमन्त्री ओलीले दान ठूलो कुरा भएको बताउनुहुँदै आफुलाई मृगौला दान नगरेको भए आफ्नो अहिले १७ औं पुन्यतिथि हुने पनि बताउनुभएकाे थियाे ।

कार्यक्रममा १ सय जना भिक्षुहरुलाई अष्टपरिष्कार दान प्रदान गरिएको थियो भने ५५ जना अनगारिका गुरुमाँहरुलाई बस्त्र तथा अन्य बस्तुदान गरिएको थियो । तस्बिरहरू….