स्रोत नखुलेको रु १२ लाखसहित तनहुँबाट दुईजना पक्राउ
तनहुँ, १० साउन । तनहुँबाट स्रोत नखुलेको रु १२ लाख नगदसहित दुईजना पक्राउ परेका छन् ।
तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको होे ।
काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो ।