मख्खन महादेवकाे अठाराैं स्थापना दिवसमा रूद्राभिषेक (तस्बिरहरू)
काठमाडाैं, १५ साउन । मख्खन महादेवकाे अठाराैं स्थापना दिवसकाे अवसरमा गाइकाे दुध, पञ्चामृतलगाएतले रूद्राभिषेक गरिएकाे छ ।
काठमाडाैंकाे मख्खनमा रहेकाे मख्खन महादेवकाे अठाराैं स्थापना दिवस पारेर रूद्राभिषेक गरिएकाे हाे ।
रूद्राभिषेक हरेक वर्षमा दुइपटक गरिने युवा विश्व हिन्दु महासंघ हनुमानढाेकाका अध्यक्ष राजन महर्जनले बताउनुभयाे । उहाँका अनुसार रूद्राभिषेक साउनकाे १५ गते मख्खन महादेवकाे स्थापना दिवसकाे अवसरमा विहानीपख गरिन्छ भने शिवरात्रीकाे दिन मध्यान्हमा गर्ने गरिन्छ ।
महर्जनले रूद्राभिषेकका लागि लगभग पचास हजार रूपैयाँ खर्च हुने र त्याे खर्च आफु र भक्तजनबाट खर्च गर्दै आएकाे बताउनुभयाे । रूद्राभिषेकका समयमा उपस्थित भएका भक्तजनलाई प्रसादकाेरूपमा रूद्राक्ष बाँडिने पनि उहाँले बताउनुभयाे ।
वर्षभरि महादेवलाई चढाइएकाे रूद्राक्ष प्रसादकाेरूपमा बाँडिन्छ भने महादेवलाइ नयाँ रूद्राक्ष चढाउने गरिन्छ ।
तस्बिरहरू……..सन्देश मुनिकार