प्रधानमन्त्री ओलीले भने : दिनभरि काम नगर्ने, पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब त्याग्नू
काठमाडाैं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका मन्त्रालय र निकायमा तलव दिइएकाले बैठक आदिको भत्ता लिने उचित नभएकाे बताउनुभएकाे छ ।
सिंहदरबारमा मंगलबार प्रधानमन्त्री ओलीले राज्यका मन्त्रालय र निकायमा तलब संगै बैठक गरेर भत्ता लिने प्रवृत्ति उचित नभएकाे बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, मुलुकमा २० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनी छन्, आर्थिक अवस्था राम्रो छैन। हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनुछ। दिनभरि काम नगर्ने र पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नू,
नयाँ काम भन्दा पनि हाल थालिएका काम सम्पन्न गर्ने गरी लाग्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयाे । उहाँले अनावश्यक समिति र संरचना नबनाउन पनि निर्देशन दिनुभयाे ।
‘हामीले देश र जनताका लागि समर्पित भएर काम गर्ने हो। जिम्मेवारी अर्काेलाई नपन्छाउने हिसाबले काम गर्नू। कार्यसम्पादन र अधिकार प्रत्यायोजन ठिक समयमा गरेर पूर्णरूपमा काम गर्ने पद्धतिमा जानू। आदेशका भरमा भन्दा कानुनबमोजिम आफैंले जिम्मा लिएर गर्नू,’ प्रधानमन्त्री ओलीको निर्देशन छ।