रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइयो

काठमाडौं, १७ साउन । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर आज जाउलाखेल पुर्‍याइएकाे हाे ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा यात्रा गराइन्छ । जाउलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ ।

रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ।

पुल्चोकमा रथारोहण गरी सुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ।

यससँगै मच्छिन्द्रनाथलाई खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।

पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराइएको किंवदन्ती पाइन्छ।

तस्विर -सन्देश मुनिकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *