काभ्रेकाे वि एण्ड वि मन्टेस्वरीले पनि मनायाे ‘श्रीकृष्ण जन्माष्टमी’
रामहरी खनाल/काभ्रेपलाञ्चाेक
काभ्रेपलाञ्चाेक, १० भदाै । हिन्दुहरुको महान पर्व ‘श्रीकृष्ण जन्माष्टमी’ काभ्रेपलाञ्चाेककाे नमोबुद्ध नगरपालिका ७ मा रहेको वि एण्ड वि मन्टेश्वरीले पनि मनाएकाे छ ।
श्रीकृष्ण जन्माष्टमीको पुर्व सन्ध्यामा बालबालिकालाई शिक्षा संगै सस्कार भन्ने नाराका साथ विद्यालयले आफ्ना बालबालिकाहरुमाझ पर्व मनाएकाे हाे ।
वि एण्ड वि मन्टेश्वरीका प्रधानाध्यापक ममता बिष्ट साउदले बालबालिकाहरुलाई भगबान श्री कृष्ण को महिमा सुनाउनुका साथै जन्माष्टमीका बारेमा प्रस्ट्याउनुभएकाे थियाे ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सामुदायिक एवं संस्थागत विद्यालयले बालबालिकालाई श्रीकृष्ण एवं राधाका रुपमा शृङ्गार गरेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
