एमाले पोलिटब्यूरो बैठक च्यासलमा बस्दै, बैठक दुई दिनसम्म चल्ने

काठमाडौँ, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ ।

पोलिटब्यूरो बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने छ ।

बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्यूरो रहेको छ ।