राजा च्याउका दीपकप्रसाद न्यौपानेलाई थाइल्याण्डमा पहिलो अन्तरराष्ट्रिय अवार्ड

–श्याम स्मृत
बैंकक (थाइल्याण्ड) । स्वाद, साइज र स्वास्थ्यका हिसाबवाट उत्कृष्ट मानिएको ‘किङ्ग ओइस्टर’ अर्थात राजा च्याउको नेपालमा नै खेती गरेर यसको बजारिकरण गरेर नेपाल र नेपालीलाई लाभ दिने कार्य गर्दैआएका कृषि उद्यमी तथा शिक्षण, पत्रकारिता, अडिट लगायतका बहुमुखी प्रतिभाका धनी दीपक प्रसाद न्यौपानेलाई थाइल्याण्डमा पहिलो पटक अन्तरराष्ट्रिय अवार्ड सहितको सम्मान प्रदान गरिएको छ( थाइल्याण्डको राजधानी बैंकक स्थित प्रिन्सटोनमा भव्य समारोह वीच आयोजित कार्यक्रममा कृषि उद्यमी न्यौपानेलाई पहिलो पटक अन्तरराष्ट्रिय अवार्ड सहितको सम्मान प्रदान गरिएका हो ।

शैली मिडिया नेटवर्कव्दारा थाइल्याण्डको राजधानी बैंककमा आयोजित बृहत सम्मानित अवार्ड कार्यक्रममा कृषि उद्यमी न्यौपाने सर्वोत्कृष्ट कृषि उद्यमी अवार्डवाट सम्मानित भएका हुन्। अवार्ड कार्यक्रममा न्यौपानेलाई प्रमुख अतिथि गैरआवासिय नेपाली संघ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, विशेष अतिथि रसुवाको आमा छोदिङ्गो गाउंपालिकाका अध्यक्ष बुचुुङ तामाङले संयुक्त रुपमा सर्वोत्कृष्ट कृषि उद्यमी अवार्ड तथा सम्मान प्रदान गरेका थिए।

नेपालवाट सात समुद्रपारि सेतो हात्तिको देश भनेर विश्वविख्यात देश थाइल्याण्डको बैंककमा कृषि उद्यम तथा व्यापारको क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान दिएबापत आफूलाई सही मूल्यांकन गरेर अवार्ड तथा सम्मानव्दारा सम्मानित गरेकोमा यस क्षेत्रमा लागेबापत पाएको यो ठूलो पुरस्कार भएको र यसले आफूलाई यस क्षेत्रमा लाग्न अझ प्रेरणा दिएको कृषि उद्यमी व्यवसायी न्यौपानेले प्रतिक्रिया दिएका छन्।
राजा च्याउको खेती नेपालमा नै गरेर बढीभन्दा बढी लाभ सवैलाई दिनको लागि विसं.२०७५ सालमा नेपालको नवलपरासी जिल्लाको नवलपुर गैंडाकोट नगरपालिकामा एनसी एग्रोटेक इन्डष्ट्रिज प्रा.लि.स्थापना गरेको वताउने न्यौपाने यस कंपनीका कार्यकारी निर्देशक हुन्। बाह्रैमास उत्पादन हुने पोषणले भरिपूण राजा च्याउ नेपालमा पहिलो पटक नयाँ सोच नयाँ कामका रुपमा उत्पादन सुरु गरेको हो ।
कम्पनीका कार्यकारी निर्देशक न्यौपानेले अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कच्चा पदार्थबाट यो च्याउको उत्पादन गरेर बजारिकरण गर्दैआएको भनेका छन्। नेपालका भाट्भटेनी, बिगमार्ट, सुपरमार्केटहरू, पार्टीप्यालेस, स्टार होटेल, रिर्सोट, होटल, रेस्टुरेन्ट तथा बजारमार्फत कम्पनीले च्याउ बिक्री गरिरहेको छ ।

यो च्याउ नेपाली बजारको लागि नयाँ भएतापनि स्वाद र पोषणको कारण उपभोक्तामाझ अत्यन्त लोकप्रिय छ। छोटो समयमा राम्रो बजार पाउन सफल यस च्याउका व्यवसायी न्यौपानेको सर्वोत्कृष्ट कार्यको सर्वोत्कृष्ट मूल्यांकन सवैवाट भैरहेको छ। थाइल्याण्डमा पहिलो अन्तरराष्ट्रिय अवार्ड तथा सम्मान पाएका न्यौपानेले यसअघि नेपालमा विभिन्न संघ तथा संस्थाहरुवाट दर्जनौ दर्जन सम्मान पाइसकेका छन्।

विश्व बजारमा मात्र नभएर नेपाली बजारमा समेत च्याउको बजार माग राम्रो रहदै आएको छ । उपभोग गर्नेहरुको कुनै कमी देखिदैैन् । तर स्वाद र पोषणको विषयमा सबै जानकार भने छैनन् । पोषणको मात्रा बढि भएको एनसी ब्राण्डको ‘किङ्ग ओइस्टर च्याउ’ नेपालमा बिक्री हुने च्याउ मध्येकोे एक हो ।

जुन नेपालमा ६ वर्ष अघि मात्रै भित्रिएको हो । हाल यस च्याउको बजार माग हवात्तै बढेको छ । औषधिको गुण रहेको यस च्याउलाई राजा च्याउ अर्थात किङ्ग ओइस्टरको नामले पनि चिनिन्छ । एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालिका कार्यकारी निर्देशक दीपक प्रसाद न्यौपाने पाँच वर्ष अघि आफू चीन भ्रमणमा जाँदा हरेक भोजनमा यो च्याउको परिकार भेटिएको बताउँछन् । सोही भ्रमणकै क्रममा यो च्याउलाई नेपाल भित्राउने हुटहुटी उनमा जाग्यो । अनि साथीसँग मिलेर त्यो च्याउलाई नेपाल ल्याउने योजना बुने उनले । ‘सोही भ्रमणकै क्रममा यो च्याउलाई नेपालमा भित्राउन सकिन्छ कि भनेर योजना बन्यो । यही च्याउको लागि उनल दोस्रो पटक चीन भ्रमण गरे ।
आयात गरेर च्याउ उपभोग गर्नुपर्ने र्ने बाध्यतालाई कम गर्न र नेपालमा सधै ताजा च्याउ उपलब्ध होस भन्नका लागि यो च्याउ भित्राएको जिकिर न्यौपानेको छ। नेपालमा बाह्रमास च्याउ उत्पादन गर्न समस्या नै छ । यसले गर्दा माग अनुसार पूर्ति हुने गरेको छैन् । नेपालमा सधै ताजा च्याउ उपलब्ध गराउनका लागि नेपालमा नै उत्पादन गरेर ताजा राजा च्याउ बजारमा ल्याउने कार्य आफूवाट भएको जानकारी पनि उनले दिएका छन्।

यो अर्गानिक च्याउ तयार गर्नका लागि कच्चा पदार्थ तराईमा उपलब्ध हुने भएकाले नवलपरासीको गैडाकोटमा यसको कम्पनी रहेको न्यौपाने बताउँछन् । यो च्याउ उत्पादन गर्न उच्च प्रविधि चाहिन्छ, जसका लागि चीनबाटै दुई जना प्राविधिकलाई वर्किङ भिसामा ल्याएर उत्पादनलाई बढावा दिने कार्य भैरहेको खुलासा पनि उनले गरेका छन्।

न्यौपानेले गरेको दावीअनुसार, राजा च्याउ पूर्णरूपमा अर्गानिकमात्रै नभइकन यसको उपयोगले शरीरको प्रतीरक्षा प्रणालीलाई बलियो बनाउन पनि उत्तिकै मदत गर्छ । एन्टी भाइरल र एन्टी माइक्रोवियल तत्व प्राप्त गर्न,मधुमेह ,मुटु तथा निश्चित ट्युमर विरामीहरुको लागी अति उत्तम हुनुका साथै यसको उपयोगले मोटोपन घटाउन पनि सहयोग पु–याउने गर्दछ ।

लामो समय सम्म भण्डारण गर्न सकिने, ब्रेस्ट र प्रोस्टेट क्यान्सरबाट बचाउन सहयोग पु-याउने राजा च्याउ अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कच्चा पदार्थवाट उत्पादन गर्ने गरिएको छ।

यस च्याउका उत्पादक एनसी एग्रोटेक इण्डस्ट्रिजवाट ८० देखि ९० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष ५ सय जनाभन्दा बढीले नियमित पाइरहेको न्यौपानेको भनाई छ ।

राजा च्याउ उत्पादनका लागि ५० करोड रुपैयाँ लगानीको योजना रहेकोमा ३० करोड रुपैयाँभन्दा माथि लगानी भैसकेको उनले भनेका छन्। प्रतिदिन ४ हजार केजी च्याउ उत्पादन मात्र नगरिकन सोही बराबरको कम्पोष्ट मल पनि उत्पादन गर्दैआएको बताउने न्यौपाने स्वदेशमा कृषि क्रान्ति मार्फत देशलाई समृद्ध र देशवासीलाई सुखी वनाउने सोच अन्तर्गत कृषि व्यवसायमा व्यस्त छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *