अमेरिकामा इन्द्रजात्रा मनाइने ।। अमेरिकामा नै बनाइएको श्रीकुमारीको रथ तानिने ।। अमेरिकामा काठमाडौंको महाउत्सव ।।

अमेरिकाको डिसी महानगर क्षेत्रमा २३ बर्ष अगाडी नेवा समुदायद्वारा भाषा ,संस्कृति तथा कलालाई जगेर्ना तथा प्रबर्धन गर्ने उद्धेश्यले स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिका (एनओए)ले १२ औ येन्या पुन्ही (इन्द्र जात्रा) मनाउने भएकोले क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई सहभागी हुन् आह्वान गरेको छ ।

मुलुक बाहिर सिक्किम पछि सबै भन्दा पहिलो पटक अमेरिकामा निर्माण गरिएको कुमारीको रथ सहितको यात्रा उत्सव मनाउदै आएको एनओएले यस बर्ष आगामी सेप्टेम्बर २१,शनिबारका दिन मेरिल्याण्डमा येन्या पुन्ही (इन्द्र जात्रा) मनाउने भएको छ।

येन्या पुन्हीमा नेवा समुदायको परम्परागत भोज समय बजी अतिथिहरुलाई निशुल्क खुवाईने छ। आगामी उत्सवमा नेपालको जस्तै गरि लाखे नाच तथा पुलु किसी (सेतो हात्ती)को नृत्य को साथै परम्परागत स्थानीय रुपमा सजिएकी कुमारी पनि प्रस्तुत गरिने छ।

जात्रा मेरिल्याण्ड राज्यको ब्लाक हिल क्षेत्रीय उद्यान (ब्लाकहिल रिजनल पार्क)मा आयोजना हुनेछ । कार्यक्रम १२ बजे देखि साँझ ५ बजे सम्म चल्ने छ ।

