इन्द्रजात्राको अवसरमा १०८ कुमारीकाे पूजा
काठमाडौं, २ असाेज । इन्द्रजात्राको अवसरमा काठमाडौंको फसिक्यब परिसरमा १०८ कुमारीकाे पूजा गरिएको छ ।
नेवार समुदायमा कन्यालाई देवताको स्वरुप मानेर पूजा गर्ने प्रचलन रहिआएकाे छ । साेही मान्यता अनुरूप कुमारी पूजाकाे आयाेजना गरिएकाे आयाेजक क्लब फसिक्यबले जनाएकाे छ ।
क्लब फसिक्यबका अध्यक्ष प्रज्वलमान शाक्यका अनुसार क्लबले इन्द्रजात्राको अवसर पारेर हरेक वर्ष कुमारी पुजाकाे आयाेजना गर्दै आइरहेकाे छ ।
क्लबले २०७४ देखि सञ्चालन गरेकाे कुमारी पुजालाई यस वर्ष पनि निरन्तरता दिइएकाे हाे ।
गुरूजुकाे विधि अनुसार कुमारीकाे पूजामा सुरुमा गणेश, त्यसपछि कुमार र कुमारीको पूजा गरिन्छ ।
अध्यक्ष शाक्यले प्रत्यक वर्ष एक जना पूर्व जीवित कुमारीलाई सम्मान गर्ने गरिएकाेले सम्मान परम्परालाई निरन्तरता दिन यस वर्ष १०८ कन्या कुमारी पूजासंगै पूर्व जीवित कुमारी रश्मिला शाक्यलाई सम्मान गरिएकाे बताउनुभयाे ।
उहाँ बि.सं.२०४१ देखि २०४८ सम्म कुमारीकाे रूपमा रहनुभएकाे थियाे ।