रवी लामिछानेकाे नाममा १७ लाख पेस्की, यस्ताे छ सहकारी ठगी प्रकरणकाे पूर्णपाठ

काठमाडौं, ४ असाेज । सहकारी बचत अपचलन विशेष संसदीय छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेकाे छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मात्रै १७ लाख पेस्की लिएकाे पाइएकाे छ ।

यही भदौ ३१ गते समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभासमक्ष पेश गरेकाे सहकारी बचत अपचलन सम्बन्धि प्रतिवेदन ११२४ पेजको रहेकाे सार्वजनिक भएको छ ।

समितिले प्रतिवेदनमा भनेको छ, ‘तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले आर्थिक कारोबारमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको छ ।’

समितिले १६ वटा कारोवारका विवरणहरु नै प्रतिवेदनमा समावेश गरेको छ, जसमा कुल २३ करोड ७९ लाखको कारोवार भएको देखिन्छ ।

यस्तो छ समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ-