प्राधिकरणले गर्याे ४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस
काठमाडाैं, १८ असाेज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानबाट प्रभावित ४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको २६ औं बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित १२ जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले प्रभावित जिल्लाका ४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गर्नुभएकाे हाे ।
सहसचिव अधिकारीले भन्नुभयाे संकटग्रस्त घोषणाले सरकारले पुनर्निर्माण र पुनर्स्थापनाको काम सहज, सरल र छिटोछरितो गर्न सहज गर्छ।
गृहमन्त्री रमेश लेखककाे अध्यक्षतामा बसेको समितिको बैठकले पाँचथर, ओखलढुंगा, उदयपुर, धादिङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर र चितवनका गरी विभिन्न ४० भन्दा बढी पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ।