क्रिकेटर सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने

काठमाडौं, २ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार बेलुका नै अमेरिका जाने भएका छन् ।

नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला आज शुक्रबारदेखि सुरू भएको थियो । पहिलो खेल नेपालले जितेको छ ।

नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए ।