नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट
काठमाडौं, २८ कात्तिक । नेपाल पहिलोपटक आईसीसी यु-१९ टी-२० महिला विश्वकपमा छनोट भएको छ ।
आज भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो ।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । ।
आईसीसी यु-१९ टी-२० महिला विश्वकप सन् २०२५ मा मलेसियामा हुँदैछ ।